फेवा किनारमा उत्रिएपछि विवेकले भने –‘मुस्ताङ् दालसँग भात खाने बेला भयो’

पाेखरा | पुस ४, २०७९

फेवा किनारमा उत्रिएपछि विवेकले भने –‘मुस्ताङ् दालसँग भात खाने बेला भयो’

बलिउडमा ‘कम्पनी’बाट डेब्यु अवार्ड जितेर स्टार बनेका अभिनेता विवेक ओबराय परिवारका ११ सदस्यसहित अहिले पोखरामा मस्ती गरिरहेका छन् । 

 

पोखराको लेकसाइड र डाडाँकाडाँमा फेरो मारिरहेका उनै ओबराय सोमबार दिउँसो प्याराग्लाइडिङ्मा मस्त थिए । स्काइलाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहामगरकाे टाेलीलेभरेकाे उडानमा  उनका परिवारका ४ जना बच्चा पनि थिए । 

 

फेवा किनारमा अन्तिममा टेकअफ गरेका ओबराय ग्लाइडरको हार्नेससहितै सुनगाभा न्यूजसँग गफिए । ‘नेपाल अझ पोखरा त घरजस्तै लाग्यो, हामी सबै रोमाञ्चित छौं’ ओबरायले भने ‘यहाँको उडान म र मेरो परिवारले जिन्दगीभर बिर्सने छैन ।’

भारत र नेपालबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको भन्दै उनले यहाँको आतीथ्यता संसारकै उत्कृष्ट रहेको उनको भनाई छ । ‘यहाँ सबथोक रहेछ, अझ नेपाली मनको जति तारिफ गरेपनि कमै होला’ ओबरायले सुनाए । 

 

नेपालबाट फर्किएपछि पोखराको चर्चा गर्ने र पोखरा जीवनमा एकपटक घुम्नैपर्ने ठाउँ रहेको सन्देश दिने उनका उद्देश्य छ । त्यस्तै, ४ वर्षे छोरीसमेत सुरक्षिततवरले प्याराग्लाइडिङ्मा उडेको भन्दै पोखरेली प्यारापाइलटको खुलेरै प्रशंसा गरे ।
 

सोहीक्रममा ‘अब विवेकलाई सिनेमाको पर्दामा कहिले देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा उनले ‘धारावी बैंक’ ओटीटीमा प्रशारण भइरहेको र हाल रोहित सेट्ठीको निर्देशनमा रहेको ‘इन्डियन पुलिस फोर्स’ अर्काे वर्ष रिलिज हुने जानकारी दिए । 
 

कुराकानीकैबीच परिवारका सदस्यले भोकाएको संकेत गरेपछि ओबरायले भने ‘अब लञ्चमा मुस्ताङ् दालसँग दबाएर भात खाने बेला भयो, सबैलाई नमस्ते !’
 

ओबरायका ‘कम्पनी’, ‘दम’, ‘साथियाँ’, ‘मस्ती’, ‘युवा’, ‘शुटआउट एट लोखण्डवाला’, ‘ओमकारा’लगायत फिल्म हिट छन् । त्यस्तै, उनका बुवा सुरेश ओबरायसमेत सुपरहिट अभिनेता हुन् । 

 

तस्बिर: सुशान्त गाहा मगर

 

 

 

 

 

 

 

 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्